चन्द्रागिरिमा १६ वर्षीय किशाेरीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
चन्द्रागिरि-१२ बलम्वु डम्वुटाेलस्थित एक घरमा बन्धक बनाई नाबालक करणी गरेकाे आराेपमा २९ वर्षीय युवालाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको हाे।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा तनहुँ घर भई चन्द्रागिरि- १२ बस्ने २९ वर्षीय सिमसन क्राइष्ट छन्।
प्रहरीले ती पीडित बालिकाले दिएको हुलिया विवरण अनुसारका युवाको खोजतलास गर्दै जाँदा डम्बुटोलकै एक घरमा भाडामा बस्दै आएका उनलाई शनिबार राति ११ बजे पक्राउ गरेकाे हाे।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ। पीडित बालिकालाई माइती नेपालकाे संरक्षणमा प्रहरीले पठाइसकेकाे छ ।