काठमाडौंका सडकहरू केही समय अगाडिदेखि भासिन थालेका छन्।
केही समय अगाडि कमलादी र ललितपुरमा पनि बीच सडक भासिएको थियो भने आज फेरि बानेश्वर चोकबाट शंखमूल जाने मुख्य सडक पनि भासिएको छ।
मेलम्चीको पाइप फुटेर पानी आएर उक्त सडक खण्ड भासिएको काठमाडौं नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
'पहिलेदेखि नै त्यहाँ पानी लिक भइरहेको रहेछ,' उनले भने, 'त्यसैले सडक भासिएको रहेछ। अहिले फेरि उक्त भ्वाङ पुरेर सडक सञ्चालनमा आइसकेको छ।'
-1723984107.jpg)
-1723984106.jpg)
-1723984106.jpg)
-1723984106.jpg)
-1723984105.jpg)
-1723984105.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी