ललितपुरको कम्भेश्वरस्थित एउटा घरमा आगलागी भएको छ।
ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरस्थित निर्माण शाक्यको दुईतले घरमा सोमबार बिहान आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागी बिहान ९ बजेपछि सुरू भएको थियो।
घरको माथिल्लो तलाबाट सुरू भएको आगालागी नियन्त्रणको प्रयास भइरहेको पनि उनले बताए।
आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू बोलाइएको एसपी सुवेदीले जानकारी दिए।
‘बाटो साँघुरो रहेछ, दमकल जान पनि अप्ठ्यारो ठाउँ छ। घरमाथिको जस्ताहरू निकाल्ने काम भइरहेको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन,’ एसपी सुवेदीले भने।
आगलागी भएको घरपरिवारबारे बुझिरहेको पनि उनले बताए।
भुइँतलामा मेडिकल र खाजा घर सञ्चालित छन्।
आगो निभाउने प्रयास भइरहेको एसपी सुवेदीले जानकारी दिए।