ललितपुरको कुम्भेश्वरमा लागेको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको छ।
ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरस्थित निर्माण शाक्यको दुईतले घरमा सोमबार बिहान भएको आगलागी नियन्त्रणमा आएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू बोलाइएको थियो।
‘आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ,’ एसपी सुवेदीले भने।
दुईतले घरमा आगलागी हुँदा भएको क्षति संकलन कार्य भइरहेको उनले बताए।
‘मानवीय क्षति छैन, काठपात जलेका छन्, क्षति के कति भयो भन्नेबारे संकलन गरिरहेका छौं,’ एसपी सुवेदीले भने।