इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा भदौ ४ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एक सूचना जारी गर्दै नेवार समुदायले मनाउने गाइजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन्।
'इटहरीका नेवार समुदायको सम्मानका लागि स्थानीय बिदा दिने निर्णय गरेका हौं,' मेयर पौडेलले भने।