चितवनमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ।
मंगलबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका-५ मुग्लिन नारायणगढ सडकखण्ड तीन नम्बर पुलमा कारमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढतर्फ जाँदै गरेको बिएडी ८३२२ नम्बरको गाडीमाथि ढुंगा खसेको हो।
कारमा सवार कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ।
कारमा सामान्य क्षति भएको छ।