कैलालीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
सोमबार घोडाघोडी नगरपालिका वडा नम्बर १० आमखोइयाकी ८ वर्षीया कल्पना रोकायको मृत्यु भएको हो।
घरनजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्।
बालिकाको सोमबार दिनभर खोजी गरिएको थियो। सोमबार साँझ खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।