प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डा हल्लाउनका लागि मात्रै आफ्नो पार्टी सरकारमा नआएको बताए।
स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी केही गर्नका लागि नेकपा (एमाले)ले सरकारको नेतृत्त्व गरेको बताए।
‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन। केही गर्नका लागि जिम्मेवारीमा आएको हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुन नहुने बताए।
‘यसलाई अभियानका रूपमा लैजानुपर्छ। देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन,’ प्रधानमन्त्री ओलीले भने।
उनले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।
आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन पनि प्रधानमन्त्री ओलीले जोड दिए।
यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट पारे।