लगातारको वर्षापछि पहिरो खस्दा नागढुंगाको मुख्य सडक अवरूद्ध छ।
बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकप्वइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर खसेको पहिरो पन्छाइएको छैन।
नागढुंगा प्रहरी प्रभागका इन्स्पेक्टर हेम थपलियाले पानी परिरहेकाले पन्छाउन कठिन भएको जानकारी दिए।
केहीबेर अघि डोजर लिएर पन्छाउन सुरू गरिएको थियो। फेरि पानी परेर माथिबाट माटो खस्न थाल्यो। त्यस्तोमा पन्छाउने काम गर्दा खतरापूर्ण हुने भएकाले रोक्यौं,’ उनले भने।
पहिरो जाँदा पश्चिम भूभागबाट काठमाडौं भित्रने काठमाडौंबाट पश्चिम जाने सवारी साधन रोकिएका छन्।
काठमाडौंबाट बाहिरिने सवारी साधनलाई प्रहरीले चेकप्वइन्टभन्दा अगाडि नै रोकेर राखेको छ।
वैकल्पिक मार्ग प्रयोगका लागि प्रहरीले समन्वय गरिरहेको छ।
इन्स्पेक्टर थपलियाका अनुसार साना गाडीहरूलाई धार्केबाट सितापाइला निस्कने सडक प्रयोग गर्न भनिएको र बाडभञ्ज्याङको बाटो प्रयोग गर्नका लागि सडकको अवस्था बुझिरहेको बताए।
हेर्नुस् तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।