काभ्रेमा पहिरो खस्दा घर भत्किएको छ।
बुधबार दिउँसो २ बजे मण्डनदेउपुर नगरपालिका-५ डोटेलगाउँ बस्ने ६२ वर्षीय दुर्गाप्रसाद डोटेलको घरमाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
उनको दुई तले कच्ची घरमा पछाडिबाट पहिरो खसेर पूर्ण रूपमा क्षति भएको हो।
प्रहरीका अनुसार ५ लाख ५० हजार बराबरको क्षति भएको छ।
मानवीय र चौपायको क्षति नभएको प्रहरीले जनाएको छ।