दाङ तुलसीपुरका तीन युवा ब्राउन सुगरसहित पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१७ का २७ वर्षीय शान्तराज योगी, तुलसीपुर–६ का ३२ वर्षीय सरोज डाँगी र २७ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेका हुन्।
उनीहरूको साथबाट दुई सय ७० मिलीग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले तुलसीपुर–१७ बाट उनीहरूलाई भदौ २ गते पक्राउ गरेको बताएको छ।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको जानकारी दिएको छ।
पक्राउ परेकाहरूविरूद्ध अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।