दसैँ सुरू भएसँगै काठमाडौंका मुख्य बजारहरूमा किनमेल गर्नेको भिड लाग्न थालेको छ।
शनिबार काठमाडौंको न्युरोड क्षेत्र अत्यन्त व्यस्त देखिन्थ्यो।
दसैँ सुरू भएपनि सबै क्षेत्रमा काम गरिरहेकाहरूको विदा सुरू भएको छैन। शनिबार विदाको मेसोमा किनमेल गर्न आउनेहरू बढेकाले न्युरोड क्षेत्र अन्य दिन भन्दा व्यस्त देखिएको थियो।
अहिले न्युरोडका फुटपाथ फराकिला पारिएका छन्। त्यसका बाबजुद पनि शनिबार न्युरोड क्षेत्रमा पाइला राख्ने ठाउँ थिएन।
सडकमा पनि सवारी साधनहरुको बाक्लो आवतजावत थियो।
शनिबार न्युरोडको चहलपहलले पनि दसैँले छपक्कै छोपेको संकेत गरेको छ।
तस्बिरहरूः
-ink-1728129488.jpeg)
-ink-1728129488.jpeg)
-ink-1728129488.jpeg)
-ink-1728129488.jpeg)
-ink-1728129487.jpeg)
-ink-1728129487.jpeg)
-ink-1728129487.jpeg)
-ink-1728129486.jpeg)
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।