सल्यानमा एक युवक खोला किनारमा मृत फेला परेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका–३ फारुला बजारस्थित दोभान खोलामा स्थानीय ३२ वर्षीय भुवन चन्द शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
जिल्लाका प्रहरी निरीक्षक ईश्वरी रोकायाले प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान जारी राखेको बताए।
मुचुल्का तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको हुँदा केही बेरमै चन्दको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल खलंगा लगिने रोकायाले बताए ।
शुक्रबार बेलुकीको वर्षापछि स्थानीय दोभान खोलामा बाढी आएको थियो।
चन्दको खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको हुन सक्ने पूर्व अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भय रहेको प्रहरीले जनाएको छ।