यमपञ्चकको चौथो दिन गोबर्द्धन पुजा गरी मनाइँदैछ। आजैका दिन नेपाल संवत प्रारम्भ भएको छ।
राजधानी काठमाडौंलाई कर्मथलो बनाएकाहरू तिहार मनाउन घर फर्किने क्रम शनिबारसम्मै चलिरहेको देखिन्छ। भोलि आइतबार भाइटीका मनाइँदैछ।
भाइटीका लगाउन काठमाडौंमा रहेकाहरू जन्मथलो फर्किएसँगै राजधानीका सडक शून्यप्रायः देखिन्छ।
तिहारमा काठमाडौं दसैँजस्तो शून्य भने छैन। थापाथली, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रका सडकहरूमा केही व्यस्त नै छन्।
बानेश्वर आसपासका सडक भने केही शून्य देखिन्छ। त्यहाँ सवारी साधनको आवतजावत केही पातलिएको छ।
तस्बिरहरूः
-ink-1730535215.jpeg)
-ink-1730535214.jpeg)
-ink-1730535214.jpeg)
-ink-1730535214.jpeg)
-ink-1730535214.jpeg)
-ink-1730535212.jpeg)
-ink-1730535212.jpeg)
-ink-1730535213.jpeg)
-ink-1730535213.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।