धनगढीमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। बिहान र बेलुकी बाक्लो हुस्सु लाग्ने र दिनभर घाम नलाग्ने कारण दैनिक कामकाजमा समस्या भएको छ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा र दैनिक ज्याला मजदूरी गर्ने वर्ग बढी प्रभावित भएका छन्।
सर्वसाधारणले आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूले चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो र झोलिलो खानेकुरा सेवन गर्न र अनावश्यक रूपमा बाहिर नजान सुझाव दिएका छन्।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण र अलाव व्यवस्था गर्ने योजना बनाएको जानकारी दिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म चिसो बढ्ने संभावना छ। मौसमविद् धर्मराज उप्रतीका कारण अझै केहिदिन तराईका जिल्लामा हुस्सु लाग्ने पूर्वानुमान छ।
चिसो बढेपछि चिया पिउनेहरू बढेको धनगढीमा चिया पसल चलाउँदै आएकी आशाकुमारी भट्ट बताउँछिन्।
तस्बिरहरूः
-ink-1735876045.jpeg)
-ink-1735876045.jpeg)
-ink-1735876044.jpeg)
-ink-1735876044.jpeg)
-ink-1735876044.jpeg)
-ink-1735876044.jpeg)
-ink-1735876044.jpeg)