पछिल्लो २४ घन्टामा मधेसमा मुसलधारे वर्षा भएको छ।
रौतहटको मशेपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा ३५२.८ मिलिमिटर वर्षा भएको छ। रौतहटकै गौरमा ३३५, सर्लाही मनुस्मारा २०२.८, मलंगवामा १९१.८, रौतहटको गरूडामा २९९.२ बाराको निजगढमा २०८.८, कलैया २६६.४, पर्साको वीरगञ्ज २८८.४ मा, पर्साको मुडलीमा २३१.८, पर्साकै रंगपुरमा २६२.२ र सिमरा विमानस्थल २०२.४ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, मधेस, कोशी प्रदेशमा आज राति पनि भीषण वर्षा हुनेछ। यो क्रम आइतबार बिहानसम्म जारी रहने मौसम विभागले जानकारी दिएको छ।