बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा पानी पसेको छ। यसले उक्त स्टेसनबाट प्रवाह हुने विद्युत सेवा अवरूद्ध भएको छ।
पच्छिलो १२ घन्टादेखि बारा, पर्सा, रौतहट र सर्लाहीमा भइरहेको भारी वर्षाबीच प्राधिकरणको सबस्टेसनमा पानी पसेको हो।
केन्द्रका प्रमुख हिमांशु कुमार यादवका अनुसार कलैया, सुवर्णपुर, कोल्हवी, देवताल, मधुवन, फेटा, प्रसौनी, जीतपुर सिमरा उपमहानगरपालिकाका केही भागमा विद्युत सेवा अवरुद्ध छ।
स्टेसनभित्र बाढी पसेर १ फिटसम्म पानी जमेको उनले जानकारी दिए। अहिले मोटर चलाएर पानी फाल्ने प्रयास भइरहे पनि बाढी छिर्ने क्रम जारी छ।
'पानी पर्न नरोकिएसम्म बिजुली सेवा सुरू गर्न सक्ने अवस्था छैन,' उनले भने।
