जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ८ वटा नदी खतराको तहमा पुगेको बताएको छ।
बिहान ५ः३० बजे गरिएको मापन अनुसार बागमती, सुनकोसी, अरूण, तमोर, कन्काई, बुढी खोला–सुनसरी, बिरिङ खोला झापा लगायत नदीले विभिन्न स्थानमा खतराको तह पार गरिसकेका छन्।
त्यस्तै १२ वटा नदी केन्द्रहरुमा जलसतह सतर्कताभन्दा माथि र प्रायजसो बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।
बागमती, कमला, कोसी जलाधार अन्तर्गत् पर्ने नदीहरू सतर्कता तहभन्दा माथि छन्।
यस्तै कोशी, मधेस र बागमी प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको पनि महाशाखाले बताएको छ।
बागमती र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न सुरू गरेको र कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।
अबको केही घन्टा वर्षाको तीव्रता कायम रहने पनि महाशाखाले बताएको छ।