सप्तकोशी नदीमा जलस्तर उच्च भएको छ।
आइतबार बिहान ९ बजे सप्तकोशीमा पानीको वहाव ४ लाख ३१ हजार ५२५ क्यूसेक पुगेको कोशी व्यारेज प्रशासनले जनाएको छ। यो क्रम अझै उकालो लाग्ने क्रममा रहेको कोशी ब्यारेज स्रोतले जनाएको छ।
जलस्तर बढ्दै गएपछि नदी आसपासका बस्तीमा जोखिम अत्यधिक भएको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
कोशी ब्यारेज, सुनसरी, सप्तरी र उदयपुरका तटीय क्षेत्रमा बसेकाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका टोलीहरूलाई सम्भावित उद्धारका लागि तयारी अवस्थामा राखिएको सुनसरी प्रशासनको भनाइ छ।