प्रहरीले तोडफोड र आगजनीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग कपनका अनुसार मंगलबार बुढानिलकण्ठ नगरपालिका- १२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरेको हो।
भदौ २४ गते कार्की बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को कार्यालय तोडफोड र आगजनीमा संलग्न भएको प्रहरीले बताएको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उमनलाई दुलालचोक घरबाटै पक्राउ गरेको जनाएको छ।