नेपाली सेनाका दुई जना उपरथीले दर्ज्यानी चिन्ह पाएका छन्।
सहायक रथी पदबाट हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्का उपरथी पदमा बढुवा भएका हुन्। 
उनीहरूलाई आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
त्यस्तै, पाँच जना प्रमुख सेनानीबाट महासेनानी पदमा बढुवा भएकाहरूलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।