१ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन वन अधिकृत दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन डिभिजन वन कार्यायल इलामका तत्कालीन वन अधिकृत श्रेष्ठविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
श्रेष्ठ वन अधिकृत हुँदा १ करोड ३४ लाख १८ हजार ९३७ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार श्रेष्ठ हाल डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत छन्।
उनले भ्रष्टाचार गरेबापतको रकम बिगो मागदाबी गरिएको छ।