पाङबारी पिक हिमाल आरोहरण क्रममा बेपत्ता भएका दुई विदेशीको शव भेटिएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी पिक हिमाल आरोहण गर्ने क्रममा कात्तिक १२ गतेदेखि बेपत्ता भएका दुई इटालियन नागरिकको शव भेटिएको हो। 
५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
'हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव भेटिएको हो,' डिएसपी श्रेष्ठले भने।
उनीहरू कात्तिक १२ गतेदेखि हराइरहेका थिए। 
उनीसँगै गएका एक जना नेपाली र तीन जना इटालियन नागरिकलाई आइतबार (१६ गते) उद्धार गरिएको उनले सेतोपाटीलाई जानकारी दिए।