पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपी लिएकी छन्।
मंगलबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपी लिएकी हुन्।
जेनजी आन्दोलनपछि भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा आगजनी भएको थियो।
आगजनी हुँदा उनको नागरिकता समेत जलेको हो। नागरिकता जलेपछि प्रशासन कार्यालय पुगेकी उनलाई प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रतिलिपी हस्तान्तरण गरेका हुन्।