स्याङ्जामा रेडियो चोरेको आरोपमा एक जना ४७ वर्षपछि पक्राउ परेका छन्।
गल्याङ नगरपालिका-७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर राना पक्राउ परेका हुन्। उनले जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो।
उनीविरूद्ध साविक पेलाकोट गाउँपालिका वडा-२ हालको गल्याङ नगरपालिका-७ कै दिलबहादुर रानाले घरबाट सुनका गहना र रेडियो चोरीको भन्दै वि:स २०३५ वैशाख १५ मा प्रहरीमा जाहेरी दिएका थिए।
उक्त जाहेरी अनुसार २०४५ साल मंसिर १६ गते जिल्ला अदालतबाट रानामाथि नकबजनी चोरी मुद्दामा फैसला भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए।
डिएसपी चौधरीका अनुसार उनलाई एक महिना १५ दिन कैद र ४ हजार ५ सय रूपैयाँ जरिवाना तोकिएको थियो।
'उनी त्यतिबेलादेखि नै फरार सूचीमा रहेको पाइएको छ,' उनले भने, 'हामीले उनलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएका छौं।'
उनलाई फौसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको डिएसपी चौधरीले जानकारी दिए।