लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट करिब ३२ किलोमिटर दूरीमा रहेको भुजुङ गाउँ गुरूङ समुदायको घना बसोबास रहेको रमणीय गाउँ हो।
क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने यस गाउँमा पाँच सयभन्दा बढी घरधुरी रहेका छन् भने ९० प्रतिशत भन्दा धेरै गुरूङ समुदायको बसोबास रहेको छ।
डेढ दशकअघि देखि सुरू गरिएको घरबास (होमस्टे) सेवाका कारण भुजुङ अहिले देश–विदेशका पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ।
हाल गाउँका ३३ घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ पाहुनाहरूलाई गुरूङ संस्कृतिको झल्को दिने स्थानीय भोजन, नाच–गान र आतिथ्यका साथ स्वागत गरिन्छ।
भुजुङले आफ्नै स्थानीय जलविद्युत परियोजनाबाट बिजुली उत्पादन गर्ने भएकाले यहाँ कहिल्यै बत्ती जाने समस्या छैन। साँझपख उज्यालोले भरिएको गाउँको रात्रीकालीन दृश्य झनै मनमोहक देखिन्छ।
तस्बिरहरू:
-1762523382.jpg)
-1762523381.jpg)
-1762523381.jpg)
-1762523381.jpg)
-1762523379.jpg)
-1762523380.jpg)
-1762523380.jpg)
-1762523379.jpg)
-1762523379.jpg)
-1762523379.jpg)
-1762523377.jpg)
-1762523377.jpg)