नेपाल प्रहरीको एआइजीमा ईश्वर कार्की बढुवा सिफारिस भएका छन्।
शुक्रबार बढुवा समितिको सचिवालयले कार्कीलाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
डिआइजी कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख छन्।
दानबहादुर कार्की आइजिपी भएसँगै एउटा एआइजीको पद रिक्त थियो।
त्यसमा कार्कीलाई बढुवा सिफारिस गरिएको हो।