लागु औषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई नियन्त्रणा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बा २ ख २८११ नम्बरको गाडी चालक सिन्धुलीका आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापका श्रीकृष्ण खत्री र बा १९ च १३५५ नम्बरको पिकअफ गाडीका चालक सिन्धुपाल्चोकका रामहरि शिलवाललाई नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि अनुसन्धान गर्न सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको एसपी सुवेदीले बताए।
‘यात्रु बोक्ने सवारीसाधनकै चालकले लागुऔषध सेवन गर्नु गम्भीर विषय हो। यसरी सवारीसाधन नचलाउन अनुरोध छ। यसरी लागुऔषध वा मापसे गरी सवारी चलाए ट्राफिक प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ,’ उनले भने।