जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।
आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना देखिएको छ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।