प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो सवा १२ बजेतिर स्यालादेखि खलंगा जाँदै गरेको ग १ ज ७८१४ नम्बरको यात्रुबाहक जिप मल्लरानी गाउँपालिका – ४ टोप्रेस्थित सडक खण्डबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी मल्लरानी गाउँपालिका – २ की २८ वर्षीया राधिका सुनारकी १७ महिनाकी छोरी प्रतिमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरि भट्टराईले जानकारी दिए।
उनका अनुसार आमा राधिकाको अवस्था भने मध्यम छ।
दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।
चालक मल्लरानी गाउँपालिका – २ का ३४ का प्रेम सुनार, प्यूठान नगरपालिका-९ कि २८ वर्षीया सिर्जना घर्ती, सोही ठाउँकी ४१ वर्षीया कल्पना सुनार र झिमरुक गाउँपालिका – ६ की ३९ वर्षीया आसुमाया चुदाराको अवस्था छन्।
सृजना घर्तीका १७ महिनाका छोरा अनिरुद्रको अवस्था मध्यम छ। घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।