आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजना गरिएको नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ सुरू भएको छ।
आइतबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा महोत्सव सुरू भएको हो।
प्रतिष्ठान स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।
माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने छ।
सम्मेलनमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैंगिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्षमा छलफल हुने जनाइएको छ।
तस्बिरहरू:
-1770542822.jpeg)
-1770542820.jpeg)
-1770542820.jpeg)
-1770542819.jpeg)
-1770542817.jpeg)
-1770542818.jpeg)
-1770542818.jpeg)
-1770542819.jpeg)
-1770542817.jpeg)
-1770542816.jpeg)
-1770542816.jpeg)
-1770542816.jpeg)
-1770542816.jpeg)







