हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ।