सानुभाइ भनिने युवराज गुरूङ पक्राउ परेका छन्।
गएराति दरबारमार्गबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
गत असोजमा विभिन्न व्यक्तिहरुलाई धम्की दिएको आरोपमा उनी पक्राउ परेका थिए।
नुवाकोट घर भएका सानुभाइ गुण्डागर्दी गरेको आरोपमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
साउन १५ गते ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।
२०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो।
२०८० कै असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए।
त्यतिबेला ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार घुमाएको थियो।