कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८:३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो।