कास्की पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार भएको छ।
सशस्त्र प्रहरीले आइतबार दिउँसो सवा ४ बजे ११ जनाको उद्धार गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू सो तालको बीच भागमा फसेका थिए।
उनीहरू तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घ.म.को कमाण्डको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।