सर्वोच्च अदालतमा शाखा अधिकृत रहँदा अनधिकृत पत्र लेख्ने महिमानसिंह विष्ट दोषी ठहर भएका छन्।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई दोषी ठहर गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै सजाय निर्धारणका लागि भने अर्को पेसी तोक्ने भएको छ।
सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए। अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो।
पक्राउ परेको केहीबेरमै उक्त पत्र अनधिकृत रहेको खुलेको थियो।
सर्वोच्च अदालत प्रशासनले आफैं उक्त पत्र अनधिकृत भएको भन्दै अनुसन्धान गर्न भनेर माग गरेको थियो।
पछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। पछि उनलाई पुर्पक्षका लागि एक लाख धरौटीमा छाड्ने आदेश समेत भएको थियो।