बाँके प्रहरीले बलात्कार र लागुऔषधका फरार प्रतिवादी पक्राउ गरेको छ।
डुडुवा गाउँपालिका–१ नयाँ बस्तीका ५७ वर्षीय दयाराम कुर्मी आइतबार पक्राउ परेका हुन्।
जबरजस्ती करणी मुद्दामा २०८१ साउन २४ गते जिल्ला अदालत बाँकेले कुर्मीलाई ६ वर्ष ५ महिना १० दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा थिए।
पक्राउ परेका उनलाई अदालतमा पेस गरिएको र अदालतको आदेशलले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिए।
त्यस्तै, भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हुलहुल्लज गरी कारागार कार्यालय नौंबस्ता बाँकेबाट फरार भएका लागुऔषधका प्रतिवादी पनि आइतबार पक्राउ परेका छन्।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २१ वर्षीय ज्ञानेन्द्र टमाटा पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिए।
लागुऔषध मुद्दामा टमाटालाई जिल्ला अदालतले ६ वर्ष ६ महिना कैद सजाय र २० हजार जरिवानाको फैसला सुनाएको थियो।
पक्राउपछि टमाटालाई पुनः कारागार चलान गरिएको छ।