रोल्पा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी एक जेष्ठ नागरिक पक्राउपछि कारागार चलान गरिएका छन्।
४ वर्ष कैद तोकिएका ८१ वर्षीय वृद्धलाई पक्राउपछि कारागार चलान गरिएको हो।
२४ वर्ष अघिको आगुऔषध मुद्दामा जिल्लाको थवाङ गाउँपालिका–४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्ती पक्राउ परेका हुन्।
जिल्ला अदालतले २०५९ फागुन १८ गते घर्तीलाई आगुऔषध मुद्दामा ४ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला सुनाएको थियो।
सोही फैसला कार्यान्वयनका क्रममा झन्डै २४ वर्षपछि घर्ती चैत २१ गते राति पौने १० बजेतिर घरबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।
पक्राउ परेका घर्तीलाई आइतबार अदालतमा पेस गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानी गर्नका लागि आइतबार नै जिल्ला अदालत कारागारमा चलान गरिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।