काठमाडौंको पिंगलास्थानमा गोली चलेको छ।
स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो।
कारोबारीलाई सामान्य चोट समेत लागेको स्रोतले बतायो। उपचारका निम्ति उनलाई ट्रमा सेन्टर लगिएको छ।
कारोबारीबाट अन्दाजी एक किलो ब्राउन सुगर बरामद भएको छ।
यो घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि खटिएको छ।