क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।
एसपी मनोहरप्रसाद भट्टका अनुसार गैरकानुनी रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको सूचना पाएको थियो।
सूचनाको आधारमा खटिएको टोलीले सोमबार चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवन रत्ननगरका ३२ वर्षीय सवन अधिकारी, काठमाडौंका २५ वर्षीय आशिष अधिकारी, चितवनका ३२ वर्षीय रबिन जिआर र ललितपुरका ३६ वर्षीय अनित्य शाक्य छन्।
उनीहरूबाट प्रहरीले ३० लाख रुपैयाँ नगद बरामद गरेको छ। त्यस्तै उनीहरूबाट सिएसडिटीको कारोबार गर्ने विद्युतीय उपकरण, ६ वटा मोबाइल, म्याकबुक समेत बरामद गरेको छ।
मुलुकी अपराध संहिताको २०७४ को दफा १२५ क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने र दफा १६२ क बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।