समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज राजीनामा पेस गरेका थिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारले उनीहरूलाई २०८१ वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो।
कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।