सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा छन्।
उनीविरूद्ध पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।
उनकै जाहेरीपछि जिपी मंगलबार दिउँसो आफै कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
'उहाँ आफै कार्यालयमा उपस्थित हुनुभएको छ। हामी सोधपुछ गरिरहेका छौं,' उनले भने।
उषा जिपीकी पूर्वपत्नी हुन्। यसअघि उषाले पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट लेखेकी थिइन्।
यी दुईबीच २०७९ सालमा सम्बन्ध विच्छेद भएको थियो।