नागरिकता सम्बन्धी कसुरमा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत रौतहटबाट भदौ २ गते पक्राउ अनुमति जारी भएका ५९ वर्षीय बाबुनन चौधरी कलवार पक्राउ परेका हुन्।
उनलाई मंगलबार कलंकीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
कलवारविरूद्ध रौतहट जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी कसुरमा जाहेरी दिएको थियो। उनले नक्कली कागजात पेस गरी नागरिकता लिएको आरोप छ।
थप अनुसन्धानका लागि उनलाई रौतहट पठाएको एसपी भट्टले बताए।