जाजरकोटमा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसइई) को जारी परीक्षामा तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
जिल्लाको छेडागाड नगरपालिका – १० कार्की गाउँस्थित नारायणी माध्यमिक विद्यालयको केन्द्रबाट एसइईको नियमित तर्फका तीन जना नक्कली परीक्षार्थी र नक्कली कागजात तयार पार्ने एक व्यक्ति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार नक्कली प्रवेश पत्र बनाउन सहयोग गर्ने छेडागाड – ११ झाप्राका बाल माध्यमिक विद्यालयका लेखापाल ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीसहित तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
पक्राउ परेका दुबै परीक्षार्थी नाबालक रहेको हुँदा उनीहरूको नाम र ठेगाना गोप्य राखिएको छ। उनीहरू चैत २२ गते पक्राउ परेका हुन्।