प्यूठानमा नुहाउने क्रममा बगेर बेपत्ता एक युवकको शव तीन दिनपछि फेला परेको छ।
स्वर्गद्वारी नगरपालिका ६ भानडाँडाका १९ वर्षीय नवराज घर्ती चैत २३ गते दिउँसो साढे ३ बजेतिर बगेर बेपत्ता भएका थिए।
ट्याक्टरका सहचालक उनी माण्डवी गाउँपालिका १ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए।
उनको खोजीका क्रममा बुधबार बिहान साढे ८ बजेतिर शव फेला परेको प्यूठानका प्रहरी प्रपक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए।