देशभर अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ।
यसको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको मौसमविद्ले जनाएका छन्।
मौसम पूर्वानुमान अनुसार यो प्रणालीको प्रभाव अझै केही समय कायम रहने सम्भावना रहेको छ।
त्यसैले वर्षासँगै पहाडी भूभागमा पहिरोको जोखिम र सडक यातायातमा अवरोध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
मौसमविद्का अनुसार आगामी केही दिन देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।
तस्बिर:
-1775641096.jpg)
-1775641096.jpg)
-1775641095.jpg)
-1775641094.jpg)
-1775641094.jpg)
-1775641095.jpg)
-1775641094.jpg)
-1775641092.jpg)
-1775641091.jpg)
-1775641092.jpg)
-1775641096.jpg)
-1775641091.jpg)
-1775641090.jpg)
-1775641090.jpg)
-1775641089.jpg)
-1775641089.jpg)
-1775641089.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी