अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस लिएको रकम सहित पक्राउ गरेको छ।
१ लाख २० हजार ८५० रूपैयाँ रकमसहित अख्तियारले बुधबार दिउँसो दाहाललाई पक्राउ गरेको हो।
उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकममा घुस लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
उनका अनुसार दाहालको साथबाट १ लाख २० हजार ८५० रूपैयाँ बरामद भएको थियो। त्यसमध्ये ९३ हजार ८५० रूपैयाँ ग्राहकहरूसँग घुस लिएको खुलेको छ।
त्यहीकारण उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको उनलाई ९३ हजार ८५० बिगो माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।