सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा बसेर सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक समेत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिए।
उनका अनुसार ३१ करोड २४ हजार ३४ हजार ९२० रुपैयाँ बराबरको कारोबार भएको भेटिएको छ।
पक्राउ पर्नेमा भारतका चेतन यादव, आशिष शर्मा र रौनक सिंह छन्।
त्यसैगरी नेपाली नागरिकहरू सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट आठ वटा ल्यापटप, २४ वटा मोबाइल, ३१ वटा सिम र तीन वटा क्याल्कुलेटर बरामद भएको छ।