ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा दुई युवकमाथि छुरा प्रहार भएको छ।
बुधबार साँझ करिब ८ बजेतिर दरबार स्क्वायर परिसरमा रहेको कृष्णमन्दिर अगाडि दुई जनामाथि छुरा प्रहार भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले घाइते दुवै जनाको उपचारका लागि बिएन्डबी अस्पताल पुर्याइएको बताए।
'उपचारका लागि अस्पताल पुर्याइएको छ। अवस्था गम्भीर छ,' उनले भने।
अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच फोनमा झगडा भएको उनले बताए।
झगडा भई भेट्ने क्रममा एक पक्षले छुरा प्रहार गरेको हो।
'यस विषयमा अनुसन्धान हुँदैछ,' बोगटीले भने।