कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको छ।
मुख्यमन्त्री कार्कीका ९१ वर्षीय आमा जानुका देवी कार्कीको बुधबार साँझ ७ बजे निधन भएको हो।
झापा गौरदहस्थित निवासमा उनको निधन भएको हो।
एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन्। विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो।
स्वर्गीय कार्कीका दुई छोरा छन्।
मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य समेत हुन्। उनीहरूका ५ जना दिदीबहिनी छन्।